२६ चैत,खोटाङ। बिरामी बोकेको महेन्द्र पिकअप बोलेरो दुर्घटना हुँदा खोटाङमा तीन गम्भीर घाईते भएका छन् । आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन् ।
गम्भीर घाइतेलाई हेलीकोप्टर चार्टर गरेर उपचारका लागि काठ्माडौं पठाइएको वडाध्यक्ष टंकराम राईले बताए ।बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।
दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको छ । बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदैगर्दा मयुर आधारभुत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जानेक्रममा दुर्घट्नामा परेका हुन् ।