इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित निकालेको छ ।

घरेलु मैदान इडन गार्डेनमा सानदार जित निकाल्ने क्रममा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो ।

कोलकत्ताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले १७ ओभर ४ बलमा अलआउट हुदै १ सय २३ रन मात्र बनायो ।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । माईकल ब्रेसवेलले १९ रन बनाउँदा डेबिड बिल्लीले २० बलमा अविजित २० रन बनाए ।

आकाश दिपले ८ बलमा १७ रन बनाउँदा बेंग्लोरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकत्ताका वरुण चक्रवर्तीले ४ र सुयश शर्मा ३ विकेट लिए । सुनिल नारेन २ तथा शार्दुल ठाकुरले १ विकेट आफ्नो नाम गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

कोलकत्ताका लागि रहमानुल्लाह गुर्वाज र शार्दुल ठाकुरले अर्धशतकीय ईनिङ खेले । ठाकुरले २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६८ रन बनाए ।

गुर्वाजले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए । आईपीएलमा उनको यो पहिलो अर्धशतक हो ।

रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए । सिंह र ठाकुरले छैटौं विकेटका लागि १ सय ३ रनको साझेदारी गरेका थिए ।

८९ रन बनाउँदा ५ विकेट गुमाएको कोलकत्ताले सिंह र ठाकुरको साझेदारीमा मजबुत लक्ष्य खडा गर्न सक्यो ।

कोलकत्ताका लागि डेबिड बिल्ली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज,हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए ।

दोस्रो खेलमा पहिलो जित हात पारेको कोलकत्ताले २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

बेंग्लोरले दोस्रो खेलमा पहिलो हार व्यहारेको छ । बेंग्लोर २ खेलमा २ अंक सहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय