कोसी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले माेरङकाे उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। साथै उनीहरूले उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पाैड्यालमाथि कुटपिटसमेत गरेका छन्।

पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ। उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन्।

आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ। आन्दोलनकारी उनलाई सहिद घोषणा गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय