चैत्र १३,खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदावरी दर्ता भएको छ । सोमबार भएको उम्मेदवारी दर्ताका अनुसार अध्यक्ष पदको लागि समुन्द्र प्रसाद जोशी, राजेन्द्र लयालु र राजन प्रसाद आचार्यको उम्मेदवारी दर्ता भएको छ ।
वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार वजिमय, वुद्धि विनोद लुइटेल, प्रथम उपाध्यक्षका लागि विजयश्वर श्रेष्ठ, जयप्रसाद राई र द्धितीय उपाध्यक्षका लागि मणिशोभा राई र फुर्वा दोर्जी शेर्पाको उम्मेदवारी दर्ता भएको हो ।
महासचिवका लागि अजय बस्नेत, सुमन श्रेष्ठ, सचिवका लागि राजु श्रेष्ठ, लेख बहादुर खड्का तथा कोषाध्यक्षका लागि नेत्र बहादुर कटुवाल र युधिर शाक्यको उम्मेदवारी परेको छ । खुला सदस्यमा १२ तथा महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । सात जना पदाधिकारी तथा खुल्ला सदस्य र महिला सदस्यसहित १० जनाका लागि ३१ जनाको उम्मेदवारी परेको छ।
संघको १७ जना निर्वाचित, २ जना मनोनित र निवर्तमान अध्यक्षसहित २० जनाको कार्य समिति हुने प्रावधान छ। १६ चैतमा नयाँ नेतृत्व चयनका लागि संघको अधिबेशन हुँदैछ। यसअघि, राजनीतिक भागबण्डामा पदाधिकारी टुंग्याईएको थियो।
तर, भागबण्डा नमिलेपछि आज उम्मेदवारी दर्ता भएको हो। यसअघि राजनीतिक भागबण्डामा कांग्रेसलाई अध्यक्ष र कोषाध्यक्ष दिने सहमति भएको थियो। नेकपा एमालेलाई वरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र सचिव दिने सहमति भएको थियो।