दमक -६ मा रहेको एडभान्स हस्पिटलले विपन्न समुदायलाई लक्षित गरि रु १ सयमै विशेषज्ञ जाँचको सेवा शुरु गरेको छ । अस्पतालले गएको चैत १ गतेदेखि रु १ सय मै ओपीडि जाँच सेवा शुरु गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताए ।
अस्पतालका व्यवस्थापक समेत रहेका सञ्चालक बरालका अनुसार विहान १० वजे १ वजेसम्म ओपीडि जाँचमा रु १ सयमै विशेषज्ञ चिकित्सकको सेवा पाउने व्यवस्था गरिएको छ । अस्पतालमा दैनिक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ अनुप पोख्रेल, बाल रोग बिशेषज्ञ डा. अनिल थापा, शल्य चिकित्सक डा. डा.रविन रन्जितकार, पेट,छाती तथा मुटु रोग विशेषज्ञ डा. निमा शेर्पा र बरिष्ठ रेडिोलोजिष्ट डा. हिमालय देवान लगायतका डाक्टरहरुले सेवा पुरयाँउदै आएका छन् । यसअघि तिनै चिकित्सकले विरामी जाँच वापत ६ सय रुपैया लिदैआएका थिए ।
अस्पतालले ओपीडीमा सुविधा संगै विपन्न तथा असहाय बिरामीलाई समेत सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्कषक छुटसहितका मानवीय सेवा समेत दिदैआएको उनले बताएका छन् । यसैगरि अस्पतालले ६५ माथिका ज्येष्ठ विरामीहरुलाई भर्ना भई उपचार गर्दा साधारण बेडको शतप्रतिशत निशुल्क र प्रत्येक शनिवार विहान सुगर जाँच समेत निशुल्क गरि आएको अस्पतालले जनाएको छ ।
२५ शैयाको सो अस्पतालले सघन उपचार कक्षसहित विभिन्न रोगको उपचारमा विशेषज्ञ सेवा पुरयाँउदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर