दमक, ८ चैत । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलित संघर्ष समितिले आज विहान दमक -७ स्थित वडा कार्यालयमा तालाबन्दी गरेको छ । प्रदेश १ नामाङकन संघर्ष समितिको अगुवाई पशुहाटमा रहेको वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै कालोझण्डा समेत गाडेका छन् । घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत वडा कार्यालयमा तालाबन्दी गरिएको गठित संघर्ष समितिले जनाएको छ ।
वडा कार्यालय पुगेका आन्दोलनकारीहरुले केहि बेर प्रदेश नामकरण विरुद्ध चर्का नारावाजी गरि त्यहाँको प्रवेशद्धारमा कालोझण्डा गाड्नुका साथैं वडा कार्यालयको भवनमा तालाबन्दी गरेका थिए ।
यसअघि आन्दोलनकारीहरुले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की र हिजो मंगलवार दिउँसो ताप्लेजुङ्ग पुगेका नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो (मौषम ) सवार गाडी माथि आक्रमणका प्रयास गरेका छन् ।
आन्दोलनकारीहरुले राजनीतिक दलका नेताहरु माथि आक्रमणको प्रयास हुन थालेपछि प्रशासनले प्रदेशभरि आन्दोलनकारी माथि निगरानी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर