तपाईंको भान्सामा सिलिण्डर बम छ कि ? एकपटक जाँच गर्नुहोस् है । सजिलोसंग सिलिण्डरको म्याद हेर्न सकिन्छ । लापरवाही गरे अकालमा ज्यान जान सक्छ । यसरी हेर्नुहोस् सिलिण्डरको म्याद –

– सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।

– जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०, लगायतका अंक लेखिएका हुन्छन् ।

– ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

– ‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ ।

– यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ । जस्तै बी-२५ लेखिएको छ भने त्यो सिलिन्डरको म्याद सन् २०२५ को जून महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।

– सामान्यतया सिलिण्डरको आयु २० वर्ष हुन्छ । म्याद सकिएका सिलिन्डर लिकेज हुने बिष्फोट हुने सम्मको सम्भावना रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर