डाईनामिक पब्लिक लाईब्रेरी(डिपिएल) को तेस्रो राष्ट्रिय अधिवेसन आजबाट सुरु भएको छ । संघिय संसद सदस्य लालप्रसाद सावाँले एक कार्यक्रमका विच अधिवेसनको आज उद्घाटन गर्नु भयो । अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथि सावाँले अहिले युवाहरुलाई सकारात्मक सोचको आवस्यकता रहेको बताउनु भयो ।
लागुऔषध दुब्र्यसनमा फस्दै गएको बेला युवाहरुलाई सकारात्मक उर्जा प्रदान गर्ने डिपिएलले सुरु गरेको अभियान समय दान्दर्भिक रहेको बताउनु भयो । प्रबिधिको जतिसुकै बिकाश भए पनि पठन संस्कृतिले मानिसमा सकारात्मक सोच गराउँदै व्यक्तिलाई सिर्जनसिल बनाउने उहाँले बताउनु भयो ।
कार्यक्रममा डिपिएलका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले मुलुक बिकाशको संवाहक अहिलेका युवाहरुको सोच बदलेर बिकाश निर्माणमा जोड्नु पर्ने बताउनु भयो । अहिलेका युवाहरुमा स्वदेसमा भविस्य नरहेको भन्दै बिदेस जाने सोच मात्रै आउने गरेको भन्दै उहाँले स्वदेशमै रोजगारीको श्रीजना गरि युवाशक्तिलाई बिदेश पलायनबाट रोक्नु पर्ने बताउनु भयो ।
डिपिएल बोर्ड अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बिजुला रायमाझी, एमाले केन्द्रिय सदस्य गिता अधिकारी, माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष गगन पुरी, कांग्रेस नेता सुरेश सुब्बा, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईं लगायतले बोल्नु भएको थियो ।
वक्ताहरुले डिपिएलको अधिवेसनको सुभकामना सहित नयाँ नेतृत्वले यसलाई अझ देश व्यापि बनाउँदै लैजान सुझाव दिएका डिपिएलका नि वर्तमान अध्यक्ष विनो उप्रेतीले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to efocusnews.com
Design: Ytech