खोटाङ । प्रदेश १ मा नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। प्रमुख सचेतकमा नियुक्त भएका राई खोटाङ प्रदेश ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद् हुन् ।
उनि कांग्रेस प्रदेश १ का महामन्त्री समेत हुन्। प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।