विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुलाई कार्कीले  मन्त्री नियुक्त गरेका छन् ,विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने, सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर