खोटाङ । अनुप स्मृति आमन्त्रित गोल्डकप को तेस्रो सँस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब ९डिएफसी०लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।

यस अघि सञ्चालन भएको दोस्रो सँस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको शुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको हो ।

उपाधि विजेता नेर्पालाई नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता डिएफसीले नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गाले नगद रु २५÷२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक ९डिएफसी०का सन्दिप लिम्बु, उत्कृष्ट डिफेन्स डिएफसीकै टेकेन राना मगर, उत्कृष्ट मिडफिल्डर ९डिएफसी०का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भुषण ताम्राकार घोषित भएका छन् ।

यस्तै, सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, खेल भरिकै उत्कृष्ट खेलाडी ९डिएफसी०का मनिष लिम्बु, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि ९डिएफसी०लाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी ९केएफए०को सह–आयोजनामा पुस–१७ गतेबाट प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुङ्गा, सुनसरी र ईलाम जिल्लाका खेलाडीको सहभागिता थियो ।

माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूलको नर्सरीमा अध्ययनरत अनुप राईको वि।सं। २०६८ जेठ–२ गते दिक्तेलस्थित पुरानो बैङ्कचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थी अनुपको सम्झनामा माउण्ट एभरेष्ट ईङ्ग्लिस वोर्डिङ स्कूलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ ।

प्रथम सँस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो सँस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो । यसअघिका दुई सँस्करण गोल्डकपको रुपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यस पटकबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको मूल आयोजक समितिका संयोजक सागर जोशीले बताउनुभयो ।

अनुप स्मृति गोल्डकपको तेस्रो सँस्करण गत वर्षहरुको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन तथा समापन कार्यक्रममा भर्खरै निधन भएका ब्राजिली फुटबलर पेलेप्रति सम्मानस्वरुप श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय