खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं ५ लफ्याङका ८२ वर्ष पुरा भएका ५० जना जेष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट सञ्चालन भइरहेको उपमेयर सँग महिला कार्यक्रम अन्तरगत १ लाख ५० हजार बजेटबाट खरिद गरि ल्याइएको फाइवरको सिरक ८२ बर्ष उमेर पूरा भएको  ५० जना जेष्ठ नागरिकलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

जाडो मौसममा न्यानोको लागि जेष्ठ नागरिकलाई केहि राहत पुगोस् भन्ने उद्देश्यले फाइवरको सिरक वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले बताउनुभयो । उहाँले भन्नुभयो थप बजेट बिनियोजित गरेर १५ वटै वडाका ८२ बर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान स्वरुप सिरक वितरण गरिने जानकारी दिनुभयो ।

वडा कार्यालय लफ्याङमा भएको जेष्ठ नागरिक तथा सम्मान कार्यक्रममा उपमेयर विसन राई,जेष्ठ नागरिक खोटाङका अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य दुर्गा प्रसाद घिमिरे र वडा अध्यक्ष दिनेश घिमिरेले जेष्ठ नागरिकलाई सिरक वितरण गरेर सम्मान गर्नुभएको थियो ।

जेष्ठ नागरिक खोटाङका अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इरन राईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर