खोटाङ । अखिल नेपाल महिला संघ (अनेमसंघ) खोटाङले सङ्गठनमा आवद्ध महिलाहरुलाई प्रशिक्षण दिएको छ । बुधवार जिल्ला समन्वय समिति सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा अनेमसंघले पु¥याएको योगदानको समिक्षा र आगामी दिनमा गरिने योजनाहरुको बिषयमा प्रशिक्षण गरिएको हो ।
नेकपा (एमाले)को पोलिट्ब्युरो सदस्य तथा अनेमसंघको केन्द्रिय सचीव सुजिता शाक्य र नेकपा (एमाले)को केन्द्रिय सदस्य मन्जु भण्डारी, अनेमसंघको केन्द्रिय सदस्य तथा खोटाङ इन्चार्ज बिणादेवी राईले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा सांगठनिक पद्दती, संगठन विस्तार, पार्टीको नीति तथा कार्यक्रम र एमाले सरकारमा हुदा गरेका जनपक्षिय कामहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिएको अनेमसंघ केन्द्रिय सदस्य तथा खोटाङ इन्चार्ज बिणादेवी राईले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङबाट निर्वाचित रावाबेंशी गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाँउपालिकाकी उपाध्यक्ष अरुणा थापा मगर त्यस्तै हालै सम्पन्न दिक्तेल शहरी खानेपानी सस्थाको उपाध्यक्षमा निर्वाचित निर्मला थापा र सदस्य अकेला राईलाई सम्मान गरिएको थियो ।
नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका अध्यक्ष राम प्रसाद दंगालले पार्टीको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । दिल कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा सचिब रेजिना आचार्यले सञ्चालन गर्नुएको थियो ।