काठमाडौं । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिइसकेका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।
प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।
नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।
८ सदस्यीय मन्त्रिपरिषद्मा एमालेका राजेन्द्र राई र जनमतका अब्दुल भने पहिलोपटक मन्त्री भएका हुन् । यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ । नेपाल प्रेसबाट