खोटाङ । उदयपुर गाइ–घाटबाट खोटाङको दिक्तेल आउदै गरेको बस दुर्घटना भएको छ । प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुवाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुइपा दित्तेल सडक खण्ड अन्तरगत माथिल्लो बुइपामा  आइतबार  आज बिहान १०ः४० बजे सडकबाट करीब ५ मिटर तल बस खसेको छ । घाइते हुनेहरुमा दित्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ खिरिका वर्ष २९ बर्सीय बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षिया दिल कुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षिय कुशल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १५ का ७३ वर्षिय आइते सार्की, सोही ठाउँका २७ वर्षिया सुस्मिता ढुंगना र हलेसी तुवाचुङ नगरपालिका–११ का रेनुका भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताउनुभयो ।उहाँले भर्नुभयो दुर्घटनामा घाइतेलाई जिल्ला प्रहरी कार्यालय र बुइपा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयले उद्दार गरिएको जानकारी दिनुभयो ।

 

गम्बिर घाइते भएका बिरेन्द्र घिमिरे, दिल कुमारी श्रेष्ठ, र रेनुका भुजेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको वडाअध्यक्ष निदेश राईले बताउनुभयो । अन्य घाइतेको स्वास्थ्य चौकि बुइपामा उपचार भइरहेको वडा अध्यक्ष राईले जानकारी दिनुभयो ।  सह–चालकले बस चलाएका कारण दुर्घटना भएको र दुर्घटना पश्चात चालक र सह–चालकल फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर