खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।

दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, नगरपालिकाको दमकल,प्रहरी र नेपाली सेना को,रेडक्रसकर्मी लगाएको संयुक्त टोली नियन्त्रणमा लिएका हो । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताउनुभयो ।

प्रहरी प्रमुख मुकारूङले भर्नुभयो मैयाको तीनतले घर, नगद रु एक लाख, चाँदी २० तोला, मोबाइल, टिभीलगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २७ लाख ४५ हजार बराबरको क्षति भएको छ । यस्तै कृष्णकुमारको तीनतले घर, नगद रु एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख ८३ हजार बराबरको क्षति भएको छ । कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख २८ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर