खोेटाङ । खोटाङको केपिलाशगढी गाउँपालिकाले तेक्वान्दोका राष्ट्रिय खेलाडी राजकुमार राईलाई सम्मान गरिएको छ ।शुक्रबार गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले तेक्वान्दोका राष्ट्रिय खेलाडी राजकुमार राईलाई सम्मान–पत्र सहित सम्मान गर्नुभएको हो ।

राई केपिलाशगढी गाउँपालिका–५ सप्तेश्वर निवासी हुन् । राईललाई तेक्वान्दो खेल मार्फत देश तथा बिदेशीमा नेपाललाई चिनाउन पु¥याएको योगदान उच्च मूल्याङ्कन गदै सम्मान गरिएको गाउँपालिकाकाले जनाएको छ ।

राईले आठौं साफमा नेपालकातर्फबाट तेक्वान्दोमा स्वर्ण पदक र १० औं एसियन गेममा नेपाललाई पहिलो कास्य पदक जिताउनु भएको थियो । वल्ड तेक्वान्दो च्याम्पियनको अनुभव समेत बटुल्नु भएका राई ‘सोउल अफ द कमाण्डो’ फिल्मका चलचित्र निर्माता समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर