खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा लागेको आगो नियन्त्रणमा आएको छ।सोमबार साँझ स्थानीय व्यवसायी दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

व्यापार व्यवसाय सञ्चालन हुँदैआएको बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको छ।
आगो स्थानीय र प्रहरीले नियन्त्रणले लिएको हो। आगलागीको कारण खुल्न सकेको छैन। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय