अर्खौले । सुत्केरी ढुङ्गा साना किसान कृषि सहकारी संस्था अर्खौले खोटाङको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।हलेसी तुवाचुङ नगरपालिका वडा नं १० का वडाध्यक्ष अर्जुन कुमार पुरीले संस्थाको प्राङ्गण अर्खौलेमा दिप प्रज्वलन गरेर सभाको उद्घाटन गर्नुभएको हो ।

सभाले बैंकको नीति तथा कार्यविधि कार्यान्वयन गर्दै अगाडी बढ्ने, धितो लिलाम बिक्री गर्ने, मृतक राहत कोष संचालन गर्ने, पशु बिमा कोष, शेयर बोनस वितरण लगाएतका २६ वटा कार्यनिती पास गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०७८र०८९ मा ८ लाख २७ हजार भन्दा बढि नाफा आर्जन गरेको संस्थाका अध्यक्ष किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

उहाका अनुसार आर्जित नाफाबाट जम्मा ५७१ शेयर सदस्यहरुलाई प्रतिकित्ता शेयरमा १५५ का दरले हुन आउने रकम वितरण गरीनेछ । हाल सहकारीको ८४ वटा समुह र ११ वटा उप समुह रहेकोछ । २०७९ सालमा स्थापना भएको यस सहकारीको १४ लाख ११ हजार शेयर पुजी रहेको छ भने २ करोड ४२ लाख ९२ हजार ऋण परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर