खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख केन्द्र बाक्सिला बजारमा भीषण आगोलागी भएको छ।

बजारका एक स्थानीयको घरबाट सल्किएको आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल राईले बताउनुभयो ।

खाना पकाउने ग्यास सिलिण्ड पड्किएपछि अन्य घरमा पनि आगो सुरु भएको उनको भनाई छ।  प्रहरी निरीक्षक किरण राईको टोलि आगोलागी स्थलमा पुगिसकेको र स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको राईले जानकारी दिनुभयो ।

भर्खरैबाट आगोलागि भएका कारण घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर