काठमाडौं, मंसिर ११ । नेकपा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १५६ स्थानको नतिजा आउँदा ४१ स्थानमा जीत निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीलगायत आठ जना पदाधिकारी ४१ जना नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजीत गर्दै निर्वाचनमा बिजयी हुनुभएको हो ।
एमाले पदाधिकारीहरुमध्ये अध्यक्ष ओली, उपाध्यक्षद्वय बिष्णुप्रसद पौडेल, सुवासचन्द्र नेम्माङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरु छविलाल बिश्वकर्मा, गोकण बिष्ट, योगेश भट्टराई र टोपबहादुर रायमाझीले जीत निकाल्नु भएको छ भने उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव लेखराज भट्ट पराजीत हुनुभएको छ ।
यस्तै सचिवद्वय रघुबीर महासेठ र पदमाकुमारी अर्यालको परिणाम आउन बाँकी रहेको छ । धनुषा ४ मा एमाले सचिव महासेठ गठबन्धनका उम्मेदवारभन्दा पछि पर्नुभएको छ । उहाँको मतगणना जारी रहेको छ भने अर्की सचिव पदमाको स्यांजा क्षेत्र नम्बर २ मा बुथ कब्जा भएकोले पुनः मतदानको मागसहित मतगणना रोकिएको छ ।
यी हुन एमालेका बिजेता

(१) झापा ५ – केपी शर्मा ओली

(२) रूपन्देही २ – विष्णु पौडेल

(३) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

(४) गुल्मी २ – गोकर्ण बिष्ट

(५) झापा २ – देवराज घिमिरे

(६) उदयपुर २ – अम्बरबहादुर रायमाझी

(७) ताप्लेजुङ – योगेश भट्टराई

(८) पर्सा ३ – राजकुमार गुप्ता

(९) अर्घाखाँची – टोपबहादुर रायमाझी

(१०)  प्युठान – सूर्य थापा

(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ

(१२) मकवानपुर २ – महेश बर्तौला

(१३) सोलुखुम्बु – मानवीर राई

(१४) पर्वत – पदम गिरी

(१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु

(१६) रुपन्देही ५ – बासुदेव घिमिरे

(१७) धनकुटा – राजेन्द्रकुमार राई

(१८) कास्की २ – विद्या भट्टराई

(१९) बाँके १ – सूर्य प्रसाद ढकाल

(२०) सिराहा १ – राम शंकर यादव

(२१) बैतडी- दामोदर भण्डारी

(२२) कञ्चनपुर १ – तारा लामा तामाङ

(२३) कपिलवस्तु १ – बलराम अधिकारी

(२४) पाँचथर – वसन्तकुमार नेम्वाङ

(२५) कास्की ३ – दामोदर पौडेल ‘वैरागी’

(२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती

(२७) बारा ३ – ज्वालाकुमारी साह

(२८) बारा १ – अच्युतप्रसाद मैनाली

(२९) धनुषा ३ – जुली महतो

(३०) कास्की १ – मनबहादुर गुरूङ

(३१) सिरहा ३ – लीलानाथ श्रेष्ठ

(३२) पाल्पा २ – ठाकुरप्रसाद गैरे

(३३) मोरङ २ – ऋषिकेश पोखरेल

(३४) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

(३५) ललितपुर २ – प्रेमबहादुर महर्जन

(३६) काभ्रेपलाञ्चोक २ – गोकुल बाँस्कोटा

(३७) पाल्पा १ – नारायणप्रसाद आचार्य

(३८) रूपन्देही १ – छविलाल विश्वकर्मा

(३९) सुनसरी २ – भीम आचार्य

(४०) इलाम २ – सुवास नेम्वाङ

(४१) महोत्तरी १-  लक्ष्मी महतो कोइरी

जनता टाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर