खोटाङ । चुनावमा पराजय भएकोमा आफुलाई कुनै हिनताबोध नभएको बिशाल भट्टराईले बताउँनुभयो । शनिबार दिक्तेलको शुभदिन होटलमा पत्रकार सम्मेलन गदै उहाँले यो कुरा भर्नुभएको हो ।

स्थानीय तहको चुनावमा नेकपा एमालेले पाएको मत भन्दा गठबन्धनमा आबद्ध दलले पाएको मत जोड्दा करिब झन्डै डबल थियो । तर हामीले प्रतिनिधिसभामा धेरै मत पायौँ, झिनो मतले पराजय भएका छौँ । यसमा नेकपा एमाले हीनताबोध गर्ने ठाँउ नभएको उहाँले बताउनुभयो ।

भट्टराईले भर्नुभयो “देशमा अहिले अस्थिरता पैदा भएको छ, र यसको कारण गठबन्धन हो । यो चुनावले अबको पाँच वर्ष स्थिर सरकार नबन्ने निश्चित भइसकेको छ । त्यसैले देशलाई दुर्घटनामा पुर्याउने अहिलेको गठबन्धन असफल भइसक्यो, त्यो कुरा जनताले उनिहरुलाई दिएको मतले पुष्टि गर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भट्टराईले भने, देशमा विकास र समृद्धिका लागि अहिलेका ठुला दल नै आवश्यक रहेकाले केही समयकालागि उदायका अस्थायी दलहरु चाँडै बिलाएर जानेछ ।

निर्वाचनमा पराजित भएपनि आफु साँसद हुदाँ जिल्लामा प्रारम्भ गरेका गौरवको योजनाहरुलाई समयमै सम्पन्न गर्ने सम्बन्धीत निकाय सँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे

भट्टराई गठबन्धनका उम्मेद्वार नेकपा माओवादीका रामकुमार राई (पासाङ) सँग २ हजार ६ सय ६९ मतले पराजित हुनुभएको थियो । प्रदेश ख,मा एमालेका दंगाल कांग्रेसका भुपेन्द्र राईसँग २ हजार १ सय ४० मतले पराजित हुनुभएको थियो ।

त्यस्त्ै ःप्रदेशसभा (क) मा भने गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई पराजित गर्दै एमालेका पिके राई विजयी हुनुभएको छ ।
भट्टराई र प्रदेशसभा (ख) मा पराजित रामप्रसाद दंगालले गठबन्धन विजयी जुलुसमा पुगेर विजयी उम्मेद्वारहरुलाई बधाइ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर