खोटाङ । खोटाङमा निमोनियाले सिकिस्त बनेका १६ महिने बालकलाई खर्च जुटाएर अस्पताल लगिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु ठेगाना भइ हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको १६ महिने बच्चा रेवन राईलाई शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा काठ्माडौं लगिएको हो ।

निमोनियाले सिकिस्त बनेका बालकलाई आइतबार ११ बजे जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर श्वास फेर्न गार्‍हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो ।

आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राती ११।१५ बजे काठ्माण्डौं पठाइएको हो । पत्रकारद्धय कृष्णकला राई र सञ्जिव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फण्डबाट एम्बूलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।

पत्रकारद्धयले वालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जाल र अनलाइनको पेजमार्फत उजागर गरेका थिए । पत्रकार सञ्जिवको मदानीखबरको पोष्ट हेरेपछि शुभेच्छुक चिरञ्जिीवी रिजालबाट ५ हजार, राजकुमार राईबाट ५ हजार, बिमला राईबाट २ हजार र किसन राईबाट १ हजार आर्थिक सहयोग जुटेको छ ।

बिरामी बालकलाई कान्तीबाल अस्पतालमा भर्ना गरिएको छ । थप उपचारका लागि पिडित परिवारले उपचार सहयोगको याचना गरेका छन् । वालकको उपचारका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर