खोटाङ । जिल्ला अस्पताल दिक्तेलमा शल्यक्रियामार्फत डेलिभरी गराउने सेवा बन्द भएको छ । कर्मचारी बिरामी भएर विदामा बसेकाले शल्यक्रियामार्फत डेलिभरी गराउने उपचार अनिश्चित समयकाकालागि बन्द गरिएको अस्पतालले सूचना प्रकाशान गरेर जनाएको छ ।

कार्यालयमा कार्यरत एनेस्थेसिया ९अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी० अस्वस्थ भई विदामा बसेको कारणले उक्त सेवा नै बन्द भएको अस्पतालको सूचनामा उल्लेख छ । जिल्ला अस्पतालमा डेलिभरीका बिरामीहरु दैनिकजसो आउने गरेका छन् । कतिपय गर्भवती महिलाहरुमा विभिन्न समस्याले डेलिभरि गर्दा शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपनि उपचार सेवा नै बन्द हुँदा नागरिक मारमा पर्ने देखिन्छ ।

अस्पतालमा एनेस्थेसियाका कर्मचारी एक जना मात्र हुँदा समस्या भएको प्रमुख डक्टर नितु लामाले बताउनुभयो । ‘कर्मचारी एक जना मात्र हुनुहुन्छ, उहाँ बिरामी हुँदा करीब २० दिनदेखि एनेस्थेसियाका कर्मचारी नै हुनुहुन्न । अहिलेसम्म हामीले २० दिनमा ५ जनाको शल्यक्रियामार्फत डेलिभरी गराएका छौँ, तर सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्दा खतरा हुनसक्ने भएकाले तत्कालकालागि उपचार सेवा बन्द गरिएको हो ।’ उहाँले भन्नुभयो ।

कर्मचारी अभावका कारण कुनै बिकल्प नहुँदा नागरिकलाई अगाडिनै जानकारी होस् भनेर तत्कालकालागि उपचार सेवा बन्द भएको सूचना प्रकाशन गरिएको उहाँको भनाइ छ । कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा गरिरहेकाले चाडै शल्यक्रियामार्फत डेलिभरी गराउने उपचार सुरु गरिने प्रमुख लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय