खोटाङ । खोटाङमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा यहि असोज १९ गतेदेखि २१ गते सम्म दिक्तेलको माटिकोरेस्थित कर्वड हलमा जिल्ला स्तरीय टेवलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगिता हुने लागेको हो ।

टेवलटेनिस, बुद्धिचाल र बाघचाल जस्ता खेलहरु लोप हुँदै गएकाले दशै, तिहार, छठ तथा नेपाल संवत पर्वको अवशर पारेर प्रतियोगता आयोजना गर्न लागिएको नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सभापती दिवासन राईले बताउनुभयो ।

प्रतियोगितामा टेवलटेनिस तर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने सभापती राईले जानकारी दिनुभएको छ ।

त्यस्तै,बुद्धिचाल (चेस) तर्फ प्रथम हुनेले ७ हजार ७७७, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले २ हजार २२२ रुपैया पाउनेछन् भने बाघचालतर्फ प्रथम हुनेले ५ हजार ५५५, दोस्रो हुनेले २ हजार २२२ र तेस्रो हुनेले १ हजार ११ रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुले १९ गते १० बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाइएको छ । टिम दर्ता शुल्क टेवलटेनिसका लागि सात सय र बुद्धिचाल तथा बाघचालका लागि पाँच÷पाँच सय लाग्नेछ ।

खेलमा सहभागी हुने खेलाडीले प्रत्यक्ष उपस्थित भएर वा मोवाइल नम्बर ९७६५७३८६९७, ९८४१२१८८६४, ९८६०२६४४२५ र ९७४२५३३९४३ मा सम्पर्क गरेर पनि खेलमा सहभागीको नाम दर्ता गर्न सकिने  आयोजकले जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर