झापा, ८ असोज । झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । वडाध्यक्ष ओलीलाई आज बिर्तामोडस्थित हनुमान कम्प्लेक्सबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् ।

भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै ओलीलाई नियन्त्रणमा लिई विप्लवका नेता तथा कार्यकर्ताले बिर्तामोड प्रहरीलाई बुझाएका हुन् । चौहानले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्ष ओलीलाई  ८० हजार रकम बुझाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि चौहानले बिर्तामोडमा आएर पैसा बुझाएका हुन् ।

बुझाउने र लिने दुवै जनालाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले बताउनुभयो । अनुसन्धानका लागि अख्तियार अनुसन्धान आयोग इटहरीको टोली झापा आउदै गरेको डिएसपी विष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर