भाद्र १४,खोटाङ । जिल्ला खेलकुद बिकास समिति,खोटाङका अध्यक्ष महेश राईले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएका छन् । अस्पतालमा उपचाररत १६ जना बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेर राईले जन्मदिन मनाएका हुन् ।

प्रायजसो मानिसहरुले आफ्नो जन्मदिन होटल वा अन्य ठाउँमा बढी फजुल खर्च गरेर मनाउने प्रचलन समाजमा बढ्दै गएको बेलामा राईले शुक्रबार जिल्ला अस्पताल पुगि बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दे फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।

आफ्नो जन्मदिन समान्य खर्चमा बिरामीहरुको सेवा गरेर मनाउँदा आफुलाई निकै खुसी प्राप्त भएको राईले जानकारी दिनुभएको छ ।आगामी दिनहरुमा पनि समाजलाई योगदान हुने हिसावले रचनात्मक काम गरेर  आफ्नो जन्मदिन मनाउँने राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर