काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले मंसिर ४ गतेपछि दुई खाले सांसद खडा गर्न सरकारले हतार(हतार कानूनमै संशोधन गर्न खोजेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानूनबाट सांसदको कार्यकाल लम्ब्याउने प्रयास एमालेलाई मान्य नहुने बताउनुभयो ।
भट्टराईले भर्नुभयो अहिलेको सत्ता गठबन्धनले परमादेशबाट सरकार पाउने बेला पाँच वर्षभन्दा एक दिनअघि पनि संसद विघटन हुँदैन भन्ने फैसला लेखाएका कारण मंसिर ५ गतेपछि पनि यही संसद लम्ब्याउन खोजेको देखिन्छ । तर, एमालेका लागि यो मान्य हुने छैन ।
भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयन हुनुभन्दा अघिल्लो दिनबाट यो संसदको कार्यकाल समाप्त हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।