खोटाङ । खोटाङमा विधुत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा एक जनाको मृत्यु गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकावडा नं १० पाथेकाका ३७ वर्षीय प्रकाश राईको मृत्यु गएको हो।

स्थानीय नाखम खोला हाइड्रोपावर विधुतको पोलमा जम्पर जोड्ने क्रममा घाईते भएका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताउनुभयो ।

शनिबार बेलुका करेन्ट लागेर गम्भीर  घाईते भएका उनलाई सोही राती १२ बजे उपचारका लागि फेमिली केयर अस्पतालमा ल्याईएको थियो। तर, अस्पताल आईपुग्दा नै उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालका अध्यक्ष डा.केके राईले बताउनुभयो ।  मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । उनको श्रीमती र चार जना सन्तान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर