काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । झाले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका हुन् ।

उनी २०७४ फागुन ७ गते मधेशप्रदेशको मुख्य व्यायाधिवक्तामा नियुक्ति भएका थिए । उनी आजै जसपा प्रवेश गर्ने तयारीमा छन् । राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको चुनाव लड्ने तयारी गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर