सुर्खेत। चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका वडा नं ८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको छ ।ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याइएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका मेयरडम्वर रावतले बताउनुभयो ।