खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले त्रिभुवन माविका उत्कष्ट एक विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गर्नु भएको छ ।

ऐसेलुखर्क गाउँपालिका वडा नं ३ ऐसेलुखर्क दामालीटोलका स्वर्गीय घ्युकुमारी श्रेष्ठको स्मृतिमा त्रिभुवन माविको प्रांगणमा निर्माण गरिएको सरस्वती मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले उत्कृष्ट एक विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष राईले गाउँपालिका अध्यक्षको भूमीकामा रहेसम्म त्रिभुवन माविका उत्कष्ट एकजना विद्यार्थीलाई १५ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
जेहेन्दार विद्यार्थीलाई पढाईप्रति थप प्रोत्साहित गर्नका लागि नगद पुरस्कार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । विद्यार्थीको प्रोत्साहनका लागि विद्यालयका एक जना उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार दिनेछु, अध्यक्ष राईले भने, गाउँपालिकाको अध्यक्ष रहेसम्म नगद पुरस्कार दिनेछु ।

स्वर्गीय श्रेष्ठको स्मृतिमा उनका परिवारले त्रिभुवन माविको प्रांगणमा सरस्वती मन्दिर निर्माण गरिदिएका हुन् । ७ लाख २८ हजार ७५० रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिर श्रेष्ठ परिवारले उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय