खोटाङ । महिला जनप्रतिनिधिको क्षमता बिकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ ।
गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व बिकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तरगत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रम सम्वन्धी दोश्रो चरणको अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधिलाई आफनो हक, अधिकार र काम कर्तव्यको बारेमा जानकारी दिँदै व्यक्तिगत रुपमा क्षमतावान बनाउने लक्ष्यका साथ विभिन्न दातृ निकायको सहयोगमा दलित महिला केन्द्र नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
गत साउन ९ गते हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिकामा समापन गरिएको हो ।
अभिमुखीकरणमा हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, रावाबेसी गाउँपालिकाका १० जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाा ३१ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३ जना महिला जनप्रतिनिधिले सहभागीता भएका थिए ।
अभिमुखीकरण कार्यक्रममा नेतृ एबं अधिकारकर्मी दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए । खोटाङका १० स्थानीय तहमध्ये आठ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन रहेको छ ।
हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी, दिप्रुङ चुईचुम्मा, साकेला, ऐसेलुखर्क, खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको छ ।
कोभिड–१९ को संक्रमणका कारण साकेला गाउँपालिकाको महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण कार्यक्रम पछि सारिएको परियोजना अनुगमन मूल्यांकन संयोजक बुना बिश्वकर्माले बताउनुभयो ।
ऐसेलुखर्क, खोटेहाङ र जन्तेढुंगा गाउँपालिकालाई भने कार्यक्रमका लागि पछि छनौट गरिएको हो । २०७४ सालमा निर्वाचित महिला जनप्रतिनिधिका लागि २०७७ सालमा पहिलो चरणको नेतृत्व बिकास सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममार्फत महिला जनप्रतिनिधिलाई आफनो भुमिका र जिम्मेवारीको बारेमा जानकारी दिँदै व्यक्तिगत उत्थानशिलताको बिकास, समस्यको बिश्लेषण क्षमता बिकासमा सघाउ पु¥याउने लक्ष्य राखिएको छ ।
दलित महिला केन्द्र नेपालले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन ९एसडिसि० र अष्ट्रेलियन गभर्नमेन्ट डिपार्टमेन्ट अफ फरेइन अफेयर्स एण्ड ट्रेडको आर्थिक सहयोग तथा आइएफईएससँगको सहकार्यमा प्रदेश १ को खोटाङ, ओखलढुंगा, मोरङ, सुनसरी र झापाका ३९ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन गरिरहेको छ ।