साउन २९, खोटाङ । खोटाङको साकेला गाउँपालिकाले मानेभञ्ज्याङ बजार र आफ्नै गार्डेनमा बृक्षारोपण गरेको छ । रक्षा बन्धनको सार्वजनिक विदाको समयलाई सदुपयोग गर्दै गाउँपालिका अध्यक्ष रबिप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, अन्य कर्मचारीको सहभागीतामा शुक्रबार मानेभञ्ज्याङ बजार र गाउँपालिकाकै गार्डेनमा शुक्रबार बृक्षारोपण गरिएको हो ।

गाउँपालिकाले विभिन्न प्रजातीका फूल तथा रुखका बिरुवा रोपेको सुवास राईले बताए । गार्डेनिङका लागि सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईको सहयोगमा काठ्माडौंबाट ल्याइएको बोटविरुवा रोपिएको हो ।

बृक्षारोपणकै क्रममा फोहोरमैला व्यवस्थापन गरिएको छ । आगामी दिनमा गाउँपालिकाभित्रका सार्वजनिक स्थल, पर्यटकीय क्षेत्र, विद्यालय, सामुदायीक भवन, स्वास्थ्यचौकी, बजार क्षेत्र, सडक लगायतका आसपासमा पनि गार्डेनिङ गर्दै सुन्दर र हराभरा बनाउन पहल गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर