असार २२, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले ‘विपद तथा राहत कोष’ खडा गर्ने भएको छ। प्राकृतिक विपत्तीमा परेकाहरुलाई उद्धार र सहयोग पु¥याउने उद्देश्यले कोष खडा गर्ने भएको हो।

सोमबार बसेको कार्यपालिकाको बैठकले पालिकाले छुट्टै कोष खडा गर्ने निर्णय गरेको छ। बर्खायाममा अधिकांश गाउँपालिकाका वडाहरुमा बाढी, पहिरोबाट मानिसहरु विस्थापित हुने गरेकाले उहाँहरुको सहयोगका लागि कोष खडा गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

खडा गरिएको कोषमा गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट तत्काल दुई लाख जम्मा गरिने छ। सवै जनप्रतिनिधिहरुको एक दिनको सेवा सुविधा जम्मा गरिने र कर्मचारी, शिक्षक लगायत सबैलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरिने तथा गाउँपालिका भित्रका उधोगी, व्यापारी, देश विदेशमा रहेकाहरुलाई कोषमा सहयोग गर्न आग्रह गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

कोषको संयोजक गाउँपालिका अध्यक्ष र सचिव प्रमुख प्रशासकीय अधिकृत हुनेछ । अन्य जनप्रतिनिधिहरु सदस्य हुनेछन्। कोष सञ्चालनका लागि तत्काल कार्य विधि तयार गरिनेछ।कोष खडा गरेर बैंक खाता खोले लगत्तै सहयोगका लागि दाताहरुलाई आव्हान गरिने अध्यक्ष राई बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय