खोटाङ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा पोषणमासुधार, प्राङगारिक खेतीको स्थापना तथा आय–आर्जनमा वृद्धि गर्ने लक्ष्य सहित  सञ्चालन गरिएको कृषि कार्यक्रम गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम बिहीबारदेखि औपचारिकरुपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

प्रयास नेपालले जलेश्वरीमा १९ वटा कृषक समूह गठन गरी ४४६ जना कृषकलाई आवद्ध गरेर वि.सं. २०७४ सालदेखि विभिन्न कृषि कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । कृषक समूह तथा कृषकलाई आधुनिक प्राविधिका प्राङ्गारिक खेती सञ्चालन गर्न आवश्यक बीउविजन, उपकरण तथा प्राविधिक ज्ञान प्रदान गर्दै आएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिनुभएको छ ।

प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारीको बिशेश आतिथ्यता कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, जिल्ला समन्वय समिति खाेटाङका सदस्य चमेली बि.क वडा अध्यक्ष भक्त बहादुर तामाङ,गाउँकार्यपालिका सदस्य जै बहादुर वि.क, पुर्व वडा अध्यक्ष नैनकुमार राई, जी फाउण्डेशनका जिविको पार्जन प्रमुख सतानन्द उपाध्याय लगायतको उपस्थितिमा रहेकाे थियाे।

कार्यक्रमा पाँचजना उत्कृष्ट उद्यमी कृषक, तीनजना उत्कृष्ट कृषक र तीनवटा उत्कृष्ट कृषक समूहलाई विभिन्न कृषि सामग्रीहरुसहित पुरस्कृत गरिएको थियो कार्यक्रममा  १९ वटा कृषक समूहको समूह प्रोफाइल, मायाँको चिनोको साथमा कदरपत्र प्रदान गरेर गाउँपालिकालाई समूह हस्तान्तरण हो ।   

कार्यक्रमा कृषकहरुले जी फाउण्डेशन र प्रयास नेपालले दिएको ज्ञान तथा सीपलाई व्यावसायमा परिणत गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले आयोजक संस्थालाई धन्यवादसमेत दिएका छन् ।

कृषक समूह तथा कृषकलाई आधुनिक प्राविधिका प्राङ्गारिक खेती सञ्चालन गर्न आवश्यक बीउविजन, उपकरण र कृषि सामग्रीहरु (कोदालो, टनेल, ड्रम, स्प्रिङकल, हाते आरि, सिकेचर, झम्पल, गार्डन पाइप, प्लास्टिक क्यारेट, डिजिटल तराजु, लगाएत), आधुनिक प्राविधिका कृषि उपकरणहरु (मकै छोडाउने हाते मेसिन, मकै रोप्ने हाते मेसिन, डिजिटल तराजू लगायत प्रदान गर्दै आएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर