झापा – दमकमा रहेको एड्भान्स अस्पतालले सिटि स्क्यान सेवा सुरु गरेको छ । अस्पतालका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा आज बिहान भएको एक औपचारिक कार्यक्रमका विच दमक वडा नम्बर ७ का वडाअध्यक्ष भिम पौडेलले मेसिनको उद्घाटन गरेका हुन् ।
उक्त सिटि स्क्यान सेवा दमकमै पहिलो भएको दाबी गरिएको छ । यस अघि दमकमा कुनै बिरामीको सिटि स्क्यान गर्न परे बिर्तामोड वा बिराटनगर धाउनु पर्ने बाध्यता रहेको थियो । सिटि स्क्यान सेवा सुभारम्भको अवरमा बोल्ने बक्ताहरुले दमकलाई स्वास्थ्य सेवाको हब बनाउन यहाँ भएका अस्पतालहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा, नेपाली कांग्रेस दमक नगर सभापती प्रकास प्रसाईं, उद्योग बाणिज्य संघ दमकमा अध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दमक उप शाखा सभापती प्रकास बुढाथोकी लगायतले दमकमा रहेका अस्पतालहरुले आपसि सहकार्य गरी यहाँका नागरिकलाई सेवा प्रबाह गर्नु पर्नेमा जोड दिएका थिए ।
एड्भान्सले सिटि स्क्यान सुरु गरेकोले अब यहिँ एमआरआई लगायतका अत्याधुनिक मेसिनहरु पनि ल्याएर यस क्षेत्रका जनतालाई सुलभ स्वास्थ्य सेवा दिनु पर्ने वक्ताहरुले आंैल्याएका थिए ।
आजैबाट बिरामीको सिटि स्क्यान गर्न सकिने अस्पतालका सञ्चालक तथा निर्देशक चैतन्य बरालले बताए । अत्याधुनिक प्रविधि सहितको मेसिन जडान गरिएकोले अब यस क्षेत्रका बिरामीलाई सहज भएको उनले बताए । अन्यत्रको भन्दा सरल रकममा सेवा दिन आफुहरु तयार रहेको बरालको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर