काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्सेले २९ सय अंक नाघेको छ । परिसूचक ६९ अंक बढेसँगै २९२६ मा कायम भएको छ । साथै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

गत बिहीबार ६ अर्ब ६६ करोडको सेयर कारोबार भएकोमा आज ९ अर्ब ६७ करोड पुगेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३९, व्यापार ७९, होटल तथा पर्यटन ५५, विकास बैंक १४३, जलविद्युत ७५, फाइनान्स ५६, निर्जीवन बीमा २६६, उत्पादन ४०९, अन्य ६६, माइक्रोफाइनान्स ११०, जीवन बीमा ३८९ र लगानी उपसमूह १ अंकले बढेका छन् ।

६ कम्पनीको मूल्य स्थिर रहँदा १६७ कम्पनीको मूल्य बढ्यो भने १६ को घट्यो । स्टान्डर्ड चार्टर्ड बैंक, मध्यभोटेकोसी र किसान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय