दमक — झापाको दमक ४ मा रहेको अर्किड एकेडेमीले सोमबार र आज मंगलबार गरि दुई दिने स्पोर्ट्स डे मनाएको छ । हिजो विद्यार्थीहरु बिच बिभिन्न प्रतियोगिताको आयोजना गरिएको थियो भने आज मँगलबार कक्षा १ देखी माथिका विद्यार्थीहरु फुटवल प्रतियोगिताको आयेजना गरिएको विद्यालयका प्रिन्सिपल भुवन कोईरालाले जानकारी दिनुभयो । परिक्षा सम्पन्न भएपछि दुई दिन विद्यार्थीहरलाई रिफ्रेस गराउन स्पोर्टस् डे को आयोजना गरिएको कोईरालाको भनाइ छ । उक्त विद्यालयले केहि दिन अघि विद्यालयमै विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धीको अतिरिक्त कक्षा समेत सञ्चालन गरेको थियो । उक्त अतिरिक्त कक्षालाई दमक ट्राफिक प्रमुख शुन्दर श्याम पोखरेलले सहजीकरण गर्नुभएको थियो । विद्यार्थीहरुलाई किताबी ज्ञानका अलावा अन्य बाहिरि र व्यवहारिक ज्ञान प्रदान गर्न विद्यालयले केहि समय अघि विद्यार्थीहरुलाई शैक्षिक भ्रमणका लागि सुनसरीस्थित शान्तिवन लगेको थियो । यस्तै विद्यार्थीहरुलाई मनोरञ्जनका लागि दमक स्थित फर्न पार्कको भ्रमण समेत गराएको थियो । यसैगरि विद्यार्थीहरुलाई उक्त विद्यालयले क्षमता अभिबृद्धीका लागि तालिमको समेत आयोजना गरेको थियो । उक्त तालिमको सहजीकरण सञ्चारकर्मी सुदिप अधिकारीले गर्नुभएको विद्यालयका विद्यालयका स्कूल कोअर्डिनेटर लक्ष्मी नेपालले जानकारी गराउनुभयो ।