मंसिर ११,खोटाङ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाबाट छनौट हुने १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

५ जना खुल्ला प्रतिनिधिका लागि ४१ जना,३ जना महिलाका लागि ९ जना, १ जना युवाका लागि ११ जना र १ जना दलितका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको नेकपा एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले बताउनुभएको छ । प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएपनि सहमतिमै प्रतिनिधि छनौट हुने अध्यक्ष राईले दावी गर्नुभएको छ ।
प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई भोलि शुक्रबार एमाले जिल्ला कमिटी खोटाङको कार्यालयमा छलफलका लागि बोलाएका छौं ।त्यो छलफलबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गछौं अध्यक्ष राईले भन्नुभयो ।

एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भन्नुभयो एमाले खोटाङको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्म कुनै महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा चुनाव भएको छैन र यो पटक पनि महाधिवेशन प्रतिनिधि छनौट सर्वसम्मत रुपमा हुने भट्टराईले बताउनुभएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा सहित काठमाडौंमा यहीँ मंसिर २७ देखि २९ सम्म एमालेको महाधिवेशन हुँदैछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>