काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार देशको अर्थतन्त्र चौपट पार्नतिर केन्द्रित भएको आरोप लगाएका छन्। विद्वत वर्गको अन्तर संवादमा बोल्दै यो सरकारले चुनाव नै नगराउने जिकिर गरे।

उनले भने, ‘यो सरकार कसका निम्ति काम गर्दैछ थाहा छैन। तर नेपालका निम्ति काम गर्दै छैन। म अखबारहरूमा हेरिरहेको छु, कुन कुन कम्पनीलाई कस छुट दियो भन्ने आइरहेका छन्। नियम अनुसार अघि बढ्दथ्यो। त्यो रोकेर कसका लागि काम गर्दैछ रु नेपालका लागिरु ’

उनले यो असंवैधानिक सरकार रहेको जिकिर गरे। उनले संसद् विघटन असंवैधानिक भएकाले आफूहरूले नागरिक सर्वोच्चताको कुरा गरिरहेको बताए। उनले यो सरकार बनेपछि झन् धेरै भ्रष्टाचार बढेको आरोप लगाए। व्यवयासीहरूको उद्योगमा विद्युत काटेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘बिल दिनू, पैसा असुल गर्नु नि, सकिहाल्यो। बिलसहित प्रमाण दिनु नि हुन्छ होला नि त्यहाँ। तर सरकारले कति बिजुली दियो भन्ने प्रमाण छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>