काठमाडौं । जेनजीको आन्दोलनका क्रममा आगलागी भएको यातायात व्यवस्था विभागको भवन जले पनि त्यहाँ भएको तथ्यांकहरु सुरक्षित रहेको पाइएको छ । विभागका अनुसार विभागमा रहेको अन्य प्रायः सबै सामाग्री जलेर नष्ट भए पनि त्यहाँको तथ्याङ्क भने सुरक्षित रहेको पाइएको हो ।

विभागले लाइसेन्स ९सवारी चालक अनुमति पत्र० को विवरण एकीकृत डाटा व्यवस्थापन केन्द्रमा पनि लगेर राखेको थियो । कार्यालयमा पनि राखेको थियो । सिंहदरबारमा रहेको केन्द्रमा र विभागमा रहेको डाटा व्याकपमा सुरक्षित रहेको छ ।

यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले सबै नेपालीको लाइसेन्सको तथ्याङ्क सुरक्षित रहेको बताए ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘सबैको लाइसेन्सको तथ्याङ्क सुरक्षित रहेको छ । हामीले तथ्याङ्क भएको एउटा डाटा व्याकप विभागमा थियो । एउटा सिंहदारमा राखिएको थियो । विभागमा भएको डाटा व्याकप पनि सुरक्षित रहेको छ । व्याकप राखेको कोठामा धेरै क्षति नभएको कारणले नै सुरक्षित रहेको हो । भने, सिंहदरबारमा भएको व्याकप पनि सुरक्षित नै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>