बिराटनगर ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले प्रदेश सरकारले यथार्थमा आधारित बजेट ल्याएकाले पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।
सोमबार बिराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको बजेट व्रिफिङ पत्रकार सम्मेलनमा मन्त्री मगरले बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्वास रहेको बताए ।

उनले सुशासन र सेवाप्रवाहका साथै पूर्वाधार, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकता दिएको जानकारी दिए ।औद्योगिक वातावरण बनेपछि कृषिको निर्भरता घट्ने भएकाले उद्योग मैत्री बजेट ल्याइएको उनले बताए । मन्त्री मगरले आगामी आर्थिक वषर्मा आर्थिक वृद्धि दर ५ दशमलब ३ प्रतिशत पुग्ने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव शंकर नेपालले प्रदेश आयोजना बैंकमा भएका योजनाहरुका लागि मात्र बजेट विनियोजन गर्ने नीति भएपनि आयोजना बैंक संचालन कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्न केही समय लाग्ने जानकारी दिए ।कोशी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय