जेठ ३, खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी महादेव मन्दिरको परिसर र हलेसी बजार सरसफाइ गरि ३२ औं मदन–आश्रित स्मृति दिवस मनाइएको छ । ३२ औं मदन –आश्रित स्मृति दिवसको अवसरमा शनिबार नेकपा (एमाले)हलेसी तुवाचुङ नगर कमिटीको आयोजना तथा जिल्ला कमिटी खोटाङको व्यवस्थापनमा हलेसी महादेव मन्दिर परिसर,रानीपोखरी क्षेत्र र हलेसी बजारको सरसफाइ  गरि स्मृति दिवस मनाइएको  एमाले खोटाङका सचिव सुरेन्द्र कुमार राईले बताउनुभएको छ ।

सरसफाइ अभियान कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता,हलेसी मन्दिर वरिपरि व्यवसायी गर्ने स्थानीयबासिन्दा र हलेसी बिकास समितिको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बिणादेवी राई,खडेन्द्र राई,जिल्ला अध्यक्ष देवबिक्रम राई,निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल,सचिव सुरेन्द्र कुमार राई,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका निवर्तमान मेयर तथा पूर्व जिल्ला उपसचिव दीपनारायण रिजाल, एमाले हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष तथा हलेसी बिकास समितिका अध्यक्ष डिल्ली चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।

२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जीपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्यो । कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवाद (जबज) को विकास गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय