जेठ ३ खोटाङ । नेपाल बुद्धिजीवी परिषद् खोटाङको अध्यक्षमा केशरकुमार राई चयन हुनुभएको छ । शनिबार नेकपा एमाले खोटाङको पार्टी कार्यालय दिक्तेलमा भएको चौंथो जिल्ला भेलाबाट राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा हिरालाल पुरी,सचिवमा जमुना राई,सहसचिवमा इन्द्रबहादुर थापा,तोर्णबहादुर कार्की र कोषाध्यक्षमा यसोदा खड्का सर्वसमम्त चयन हुनुभएको छ । त्यस्तै,कार्यसमिति सदस्यहरुमा प्रेम सुन्दर राई,गणेश थापा,शुभासचन्द्र आचार्य,नयन्द्र खत्री,संजिव थापा,छत्रकुमार राई,हर्कबहादुर कार्की चयन हुनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् खोटाङका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षता तथा नेकपा एमाले खोटाङका अध्यक्ष देबबिक्रम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् खोटाङका पूर्व अध्यक्ष ललित प्रसाद घिमिरे,पेशागत महासंघ नेपालका राष्ट्रिय सदस्य मिनकुमार दाहाल र एमाले जनसंठन समन्वय संयन्त्र खोटाङका सचिव युवराज रिजाल,रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका वडाअध्यक्ष बिरेन्द्र मगर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय