
फागुन ९ ,खोटाङ । जनता समाजवादी पार्टी कोशी प्रदेशका सदस्य आशिष राई लगायत विभिन्न पार्टी परित्याग गरि ५५ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शुक्रवार नेकपा‐एमाले)केपिलाशगढी गाउँपालिका कमिटीले आयोजना गरेको तीन महिने वडा जरा केन्द्रित अभियान तथा अभिमुखिकरण कार्यक्रममा जनता समाजवादी पार्टीका कोशी प्रदेश सदस्य आशिष राई,जसपाका केपिलाशगढी गाउँपालिका कमिटीका उपाध्यक्ष विशाल राई, जसपा सप्तेश्वरका वडा कमिटीका सचीव यादव राई र एकिकृत समाजवादी पार्टी सप्तेश्वरका वडा पार्टी सचीव रोशन राई लगायत अन्य विभिन्न पार्टी परित्याग गरि ५५ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले खोटाङका प्रचार तथा प्रकाशन विभागका प्रमुख खेमराज राई (देउसाली)ले बताउनुभएको छ ।
अभिमुखिकरण कार्यक्रम तथा बैठकले केपिलाशगढी गाउँपालिकामा जरा केन्द्रित अभियानलाई प्रभावकारी रुपमा सफल बनाउनको लागि कार्ययोजना निर्माण गरिएको प्रचार प्रमुख राईले जानकारी दिनुभएको छ ।
नवप्रवशी नेता–कार्यकर्तालाई एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज बिशाल भट्टराईले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशीहरुलाई नेता–कार्यकर्ताहरुको क्षमताको आधारमा पार्टीको जिम्मेवारी प्रदान गरिने पोलिटब्युरो सदस्य भट्टराईले बताउनुभयो । अभियान अन्तर्गत पार्टीलाई जिल्लामा पहिलो निर्णायक शक्तिको रुपमा स्थापित गर्दै २०८४ को निर्वाचनमा जिल्लाका तीनै तहको निर्वाचनमा बिजय हासिल गर्ने कार्ययोजना सहित अभियान सञ्चालन भईरहेको भट्टराईले जानकारी दिनुभएको छ ।
कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बिणादेवी राई, एमाले खोटाङका सचीव सुरेन्द्र कुमार राई, एमाले खोटाङका प्रचार तथा प्रकाशन विभागका प्रमुख खेमराज राई (देउसाली), कमल ढकाल, कृष्णकुमार राई, खगेन्द्र राई, हिराबन गिरी, मैयाँ सुनुवार,प्रेम खनाल लगायतको उपस्थिति रहेको थियो । सन्तोष राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण राईले गर्नुभएको थियोे ।