फागुन ७, खोटाङ ।सेवानिवृत राष्ट्रसेवक संघ खोटाङको अध्यक्षमा चित्राखर आचार्य सर्वसम्मत चयन हुनुभएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो शान,राष्ट्र निर्माणमा राष्ट्रसेवकको सीप र ज्ञान’ भन्ने नाराका साथ बुधवार नेपाल निजामती कर्मचारी संगठनको कार्यालय दिक्तेलमा भएको पहिलो जिल्ला अधिवेशनबाट आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा कृष्ण गिरी, महिला उपाध्यक्षमा हितमाया बस्नेत,सचिवमा लक्ष्मी दाश सैंजु,सहसचिवमा ओमराज खतिवडा र कोषाध्यक्षमा टंक प्रसाद आचार्य सर्वसमम्मत चयन हुनुभएको हो ।

 

कार्यसमिति सदस्यहरुमा अविनारायण आचार्य,पदम दाहाल खत्री,हर्कराज राई, राजेन्द्र प्रसाद दाहाल र नारायण काजी श्रेष्ठ,डिल्ली केसर अधिकारी,गंगा कुमारी पाण्डे,रामचन्द्र पुरी र दुर्गा बहादुर खत्री चयन हुनुभएको छ । अधिवेशनबाट केन्द्रीय प्रतिनिधीमा तारानाथ आचार्य चयन हुनुभएको छ ।त्यस्तै, प्रदेश प्रतिनिधीमा सोमनाथ पाण्डे, ददि प्रसाद आचार्य,थीरबहादुर कार्की चयन हुनुभएको छ ।

धनकुमार श्रेष्ठको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सेवानिवृत राष्ट्रसेवक संघ नेपालका केन्द्रीय महासचिव जसबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा नेकपा एमाले जिल्ला खोटाङका उपाध्यक्ष कुमार आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रमको कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, नेकपा एमाले जिल्ला खोटाङका उपाध्यक्ष कुमार आचार्य, एमाले खोटाङका सचिवालय सदस्य खुशनारायण सैंजु, सेवानिवृत राष्ट्रसेवक संघका केन्द्रीय सदस्य केदार प्रसाद दाहाल, नेपाल निजामती कर्मचारी संगठन खोटाङका सचिव गणेश प्रसाद आचार्य,एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका अध्यक्ष गोपालचन्द्र आचार्य,प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष राजन ठटालले शुभकामना मन्तव्य राख्नुभएको थियो । टंकप्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन तारानाथ आचार्यले गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय