
फागुन २ खोटाङ । गैर सरकारी संस्था महासंघ नेपाल,खोटाङको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा युवराज रिजाल सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रवार जिल्ला समन्वय समितिको सभाहल दिक्तेलमा भएको अधिवेशनबाट उपाध्यक्ष गिता थापा बस्नेत,सचिव दान बहादुर राई,उपसचिव पार्बती आचार्य,कोषाध्यक्ष कन्चन परियार सर्वसम्मत चयन हुनु भएको हो ।
समितिको सदस्यहरू कमला घिमिरे, निरकाजी आचार्य, निलु थुलुङ, सुबाश आचार्य, उर्मिला पोखरेल आचार्य, सुबति राई, भक्त बिश्वकर्मा र प्रेम श्रेष्ठ चयन हुनुभएको हो ।
कार्यवाहक अध्यक्ष युवराज रिजालको अध्यक्षता तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई(पिके) को प्रमुख आतिथ्यता र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई(पिके)ले भन्नुभयो ‘नागरिक अधिकारको रक्षा, मौलिक हकको कार्यान्वयन र निजी क्षेत्रबाट जिल्लाको नागरिकको जीविका पार्जनको विषयमा जोड दिन आग्रह थियो ।’
नवनिर्वाचित अध्यक्ष रिजालले भन्नुभयो‘ जिल्लामा गैर सरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’