
माघ २६,खोटाङ । नेकपा (एमाले) साकेला गाउँपालिका कमिटीले तीन महिने (जरा)केन्द्रित अभियान सुरु गरेको छ । मानेभन्ज्याङस्थित सामुदायिक हलमा शनिबार बसेको विस्तारित वैठक तथा तीन महिने (जरा)केन्द्रित अभियान अभिमुखिकरण कार्यक्रमले गाउँपालिकामा तीन महिने(जरा)केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले तीन महिने (जरा)केन्द्रित अभियानलाई सफल बनाउनको लागि साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा पूर्ण खत्री, वडा नं.–२ रतन्छामा कल्याण राई,वडा नं.–३ खिदिमामा यामबहादुर तामाङ, वडा नं.–४ मात्तिममा टेकबहादुर कटुवाल र वडा नं. –५ मात्तिममा वीरवल राईलाई संयोजकको जिम्मेवारी तोकिएको एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा साकेला गाउँपालिका इन्चार्ज प्रभात विक्रम कटुवालले बताउनुभएको छ ।
साकेला गाउँपालिकामा एमालेलाई २०८४ को निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने, अभियान अन्तरगत प्रत्येक टोल, घर–घरमा पुगेर जनताको समस्या पहिचान गर्ने र समस्यालाई एकीकृत गरी केन्द्रसम्म पु¥याउने अभियानको मुख्य उद्देश्य रहेको इन्चार्ज कटुवालले जानकारी दिनुभएको छ ।
एमाले गाउँपालिका कमिटीका अध्यक्ष हिराकाजी राईको अध्यक्षता तथा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत गाउँ कमिटी उपाध्यक्ष याम बहादुर तामाङ र सञ्चालन सचिव लक्ष्मी भक्त न्यौपाने गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे बिशाल भट्टराईले भन्नुभयो जनताहरुको घर‐घर गई जनताहरुको समस्याहरुको पहिचान गर्ने ,पार्टीले गरेका राम्रा कामहरुको प्रचार गर्ने ,समाजलाई दिक्भ्रमित गर्ने तत्वहरुको प्रतिकार गर्नको लागि नेता ‐ कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा एमाले कोशी प्रदेश सदस्य दिलकुमारी राई ,पुर्व कोशी प्रदेश सदस्य तथा किसान महासंघ कोशी प्रदेशका उपाध्यक्ष दुधराज तामाङ , कोशी प्रदेश स्कुल विभाग सदस्य गोपिकृष्ण खड्का , जिल्ला कमिटी सदस्य आश्विन चन्द्र ( बद्री ) राई , अनेरास्ववियु केन्द्रीय सदस्य एवम् खोटाङ इन्चार्ज मोहन पोखरेल ,जिल्ला कमिटीका सल्लाहकार बिरमल राईले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।