माघ १८,खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले तीन महिने (जरा) केन्द्रित अभियान सुरु गरेको छ ।नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको पाँचौं पूर्ण बैठक तथा तीन महिने वडा (जरा)केन्द्रित अभियान अभिमुखिकरण कार्यक्रमले (जरा)केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

टोलसम्म पार्टी कमिटी विस्तार गर्ने र सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने उद्देश्यले (जरा)केन्द्रित अभियान सुरु गरिएको एमाले जिल्ला कमिटी खोटाङका अधयक्ष देवबिक्रम राईले बताउनुभएको छ । अभियान अन्तर्गत पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै २०८४ को निर्वाचनमा जिल्लाका तीनै तहको निर्वाचनमा बिजय हासिल गर्नका लागि कार्ययोजना बनाइने अध्यक्ष राईले जानकारी दिनुभएको छ । ‘अव वडा भन्दा तल्लो तह मानिने टोलसम्मै एमालेको संगठन र कमिटी विस्तार हुन्छ’, अध्यक्ष राईले भन्नुभयो ‘अबको तीन महिना नेता कार्यकर्ताहरु जनताका बिचमा गएर उनीहरूका समस्या बुझ्दै संगठन विस्तारको काम गर्नुहुन्छ ।’

यस्ता छन् तीन महिने (जरा)केन्द्रित अभियान
फागुनभित्र टोल अधिवेशन गर्ने, २०८२ को सदस्यता नविकरण चैत्र भित्र गर्ने, सदस्यताको अनलाइन अभिलेखीकरण चैत्र सम्म ९० प्रतिशत सम्म पुर्‍याउने, जनसंगठनको अधिवेसनहरु फागुण १५ सम्ममा गर्ने, पालिकाको अधिवेसन फागुन भित्र र वडा कमिटिको चैत्र भित्र गर्ने, वडामा पार्टी सदस्यता कुल मतदाताको कम्तिमा ३ प्रतिशत र पालिकाको ६ प्रतिशत पुर्‍याउने, युवा नेतृत्व बिकासका लागि प्रत्येक वडामा २५ जनाको वडा युवा रोष्टर बनाउने, प्रत्येक कमिटिमा पाँच जनाको साइवर डेक्स गठन गर्ने, पार्टी स्कुल विभागलाई सकृय बनाई जिल्लामा एक अस्थायी पार्टी स्कुल विभाग सञ्चालन गर्ने र प्रत्येक तह र जनसंगठनहरुलाई प्रशिक्षण सञ्चालन गर्ने, विकास निर्माणका कामहरुका सन्र्दभमा अन्तरकृया गर्ने, प्रत्येक स्थानीय तहमा पार्टी कार्यालयहरु सञ्चालन गर्ने, प्रत्येक मतदाता कहाँ पुग्ने निर्णय पारित भएको एमाले जिल्ला कमिटी खोटाङका प्रचार तथा प्रकाशन विभागका प्रमुख खेमराज राई‐देउसाली)ले बताउनुभएको छ ।

जिल्ला इन्चार्ज र क्षेत्रीय इन्चार्जहरुलाई जिम्मेवारी बाँडफाँड
बैठकले तीन महिने वडा (जरा)केन्द्रित अभियानलाई भव्यरुपमा सफल बनाउनका लागि पार्टी जिल्ला इन्चार्ज र क्षेत्रीय इन्चार्जहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । उक्त अभियान अन्तर्गत एमाले पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईलाई केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाको पालिका बैठक र अभिमुखिकरण कार्यक्रमका लागि जिम्मेवारी तोकेको छ ।

त्यस्तै, एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी (क)का इन्चार्ज खगेन्द्र राईलाई रावाबेंशी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी (ख) का इन्चार्ज उषाकला राईलाई वराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको पालिका बैठक र अभिमुखिकरण कार्यक्रमका लागि जिम्मेवारी प्रदान गरिएको एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । कोशी प्रदेशको विकास र समृद्धीको योजनाको लागि खोटाङमा चैत्र १३ गते हुने बृहत कार्यशाला कार्यक्रमको जिम्मेवारी एमालेका केन्द्रीय सदस्य रमेश पोडैललाई जिम्मेवारी दिइएको आचार्यले जानकारी दिनुभएको छ ।

पार्टीले जिल्लामा रचनात्मक काम गर्ने,यस्ता छन् कार्यक्रमहरु
बैठकले तीन महिने वडा (जरा)केन्द्रित अभियानलाई सफल बनाउनको लागि विभिन्न रचनात्मक कार्यहरु गर्ने भएको छ । उक्त अभियान अन्र्तगत एमाले पार्टीका अग्रज नेता कार्यकर्ताहरुलाई सम्मान गर्ने, जिल्लामा बृहत श्रम शिविर सञ्चालन गर्ने निर्णय गरेको एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले जानकारी दिनुभएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय